अमेरिकामा यो हप्ता हरेक दिन ७० हजार भन्दा धेरै केस, जर्मनीमा लकडाउनको तयारी

काठमाडौं । कोरोना संक्रमितको संख्या अहिले सारा विश्वमा तीव्र रुपमा बढीरहेको छ ।

कोरोना भाइरसबाट अति प्रभावित देश अमेरिकामा यो हप्ता हरेक दिन ७० हजार भन्दा माथि संक्रमितहरु थपिएका छन् ।

अमेरिकामा यो समाचार तयार पार्दासम्म ९१ लाख २१ हजार ८०० जनालाई संक्रमण भएको छ भने २ लाख ३३ हजार १३७ जनाको मृत्यु भएको छ ।

त्यस्तै उता यूरोपीयन देश जर्मनीमा फेरि लकडाउनको तयारी थालिएको छ ।

फ्रान्सपछि त्यहाँ पनि दोश्रो लहरको कोरोना संक्रमण आएसँगै फेरि लकडाउनको तयारी थालिएको हो । अहिले त्यहाँ आंशिक लकडाउन गरिएको छ ।

त्यहाँ अबको केहि दिनमै पूर्ण लकडाउन लगाइने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?