लगातार पाँच म्याच जित्दै पञ्जाव शीर्ष ४ मा, कोलकता ८ विकेटले पराजित

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४६ औँ म्याचमा हिजो किंग्स इलेभन पञ्जावले कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

सीजनमा पञ्जावको यो लगातार पाचौँ जित हो । यसको साथै पञ्जाव अंकतालिकाको ४ औँ स्थानमा उक्लिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले १५० रनको टार्गेट दिएको थियो । जवाफमा पञ्जावले १८.५ ओभरमा २ विकेटको क्षतिमा १५० रन बनायो ।

क्रिस गेलले आईपीएलमा ३० औँ र मनदीप सिंहले ६ औँ अर्धशतक प्रहार गरे । गेलले २९ बलमा ५ रन बनाएर आउट भए ।

उनले २ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै मनदीप भने ५६ बलमा ६६ रन बनाएर नट आउट रहे । उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?