पञ्जावसँग हैदराबाद १२ रनले पराजित, पञ्जावको लगातार चौथो जित

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४३ औँ म्याचमा हिजो साँझ किंग्स इलेभन पञ्जावले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गरेको छ ।

पञ्जावको यो लगातार चौथो जीत हो ।

यो जीतसँगै पञ्जावले प्ले अफमा जाने सम्भावना कायमै राखेको छ ।

हारपछि हैदराबादको भने प्ले अफमा जाने सम्भावना लगभग सकिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले १२७ रनको टार्गेट दिएको थियो । जसमा हैदराबादले ११४ रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?