काठमाण्डौं – बडा दशैँ नेपालीहरूको प्रमुख चाड हो । त्यसैले पनि यो समयमा सबैभन्दा लामो छुट्टी हुने गर्दछ । राष्ट्रिय चाड समेत मनिने दशैँको छुट्टीमा मानिसहरु घुमफिर गर्न रुचाउँछन् । प्रायजसो दशैँको मुख्य दिन अर्थात् विजया दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरुको हातबाट टीका प्रसाद ग्रहण गरेर नजिकका ईष्टमित्रको घरमा गएर टिका लगाएर रमाईलो मान्दै घुमघाममा निस्कन्छन् भने केहि टिकाको भोलिपल्टै वा पर्सिपल्ट केहि फ्रेस पनि हुने ईच्छाका साथ लामो यात्रा लङ ड्राईभमा निस्कन्छन् । किनकी यो छुट्टीको उपयोग गर्ने मौका हो । तर लङ ड्राईभ हामीले सोचजस्तो नहुन पनि सक्छ । यसको कारण छ । भौगोलिक बनावट, मौसम, सडकको अवस्था, कोरोना कहरका कारण स्थानीय निकायले तपाईसँग गर्ने व्यवहार, बनाईएका नीतिनियम आदी कारणले गर्दा लङ ड्राईभमा जाँदा सकेसम्म केहि कुराहरु ध्यान पुर्याउनै पर्छ ।
सवारी साधानको ‘कन्डिसन’ राम्रो बनाएर मात्रै यात्रामा निस्कनुपर्छ ।
लामो यात्रामा निस्कनुभएको हो भने दुई जना चालक हुँदा राम्रो हुन्छ ।
सकेसम्म अनुभवी मान्छेले सवारी हाँक्नुपर्छ ।
खाली रोड छ भन्दैमा सवारीको गति धेरै बढाउनु हुँदैन ।
घुम्ति र मोडहरुमा विशेष ध्यान दिनुपर्छ ।
नयाँ लोकसनमा जाँदा कम्तिमा पहिल्यै त्यो ठाउँको बारेमा केहि जानकारी लिनुपर्छ ।
गुगल म्याप, जीपिएस सिस्टमबारे अपडेट भइरहनुपर्छ ।
सवारी साधनमा केहि खानेकुराहरु र साथमा पानी राखिरहनुपर्छ ।
९प्राथमिक उपचारको सामानहरु साथमा बोकेर हिँड्नुपर्छ । हो, यति कुरामा सचेत भएको खण्डमा पनि हामी हाम्रो यात्रा सहज बनाउन सक्छौँ । हामीले यहाँ चर्चा गर्न खोजेको अर्को विषय हो, प्राथमिक उपचारका सामाग्री अर्थात् ‘फस्र्ट एड बक्सको’ ।
मानौं, तपाईंको यात्रामा हिँडेकामध्ये कसैलाई सामान्य चोट लाग्यो । अब के गर्ने ? यो अलमल र दु:खबाट पार पाउन, कसैलाई रिँगटा लाग्ने, टाउको दुख्ने, वान्ता आउने जस्तो सामान्य किसिमको तर यात्रा खल्लो बनाउने गरी समस्या निम्तिहाल्यो भने के गर्ने ? खानपिन चलिरहेकै बेला छ्यास्स पोल्यो भने के गर्ने ? हरीयाली देखेर फोटो खिच्न पोज दिनुभएको थियो सर्पले डस्यो अब के गर्ने ? बाटो अलमल्ल पर्नुभयो अब के गर्ने ? हो यस्तै अब के गर्ने भन्ने किसीमका समस्या समाधान गर्नका लागि र यो दुविधाबाट पार पाउनको लागि हाम्रो गाडीमा फस्र्ट एड बक्स हुनैपर्छ ।
संभावित जोखिमबाट आफू बच्न अरुलाई बचाउनको लागि, अवस्था थप खराब वा जोखिमपूर्ण हुन नदिनको लागि उचित उपचारका लागि सम्बन्धित स्थानमा नपुगुन्जेलसम्मको अवस्था ठिक राख्नको लागि, केहि भैपरी हाल्यो भने तत्काल समाधान गर्न । स- सानो अप्ठेरोबाट सहजै पार पाउनको लागि ।
सिटामोल
थर्मोमिटर
ह्याण्डी प्लाष्ट
नेल कटर
सियो धागो
टेप
ब्याण्डेज
महिलाहरुले (सेनेटरी प्याड) छुटाउनु हुँदैन ।
हलुका किसीमका खानेकुरा गाडीमा राख्नुपर्छ ।
प्राथमिक उपचारबारे थाहा पाउनुपर्छ ।
-सामान्य सवारी दुर्घटना पर्दा गर्नुपर्ने काम र अपनाउनुपर्ने उपायबारे थाहा पाउनुपर्छ ।
-घाइतेलाई सुरक्षित ठाउँमा राख्ने ।
-श्वासप्रश्वास निरिक्षण गर्ने ।
-रगत बगिरहेको भए रक्तश्राव रोक्ने ।
-मुटुको चाल बन्द भएको भए तुरुन्तै कार्डियो मसाज दिने ।
-हात खुट्टा भाँचिएको भए काम्रो बाध्ने ।
आपतकालीन फोन नम्बरहरूको एक सूची
विभिन्न आकारका ब्याण्डेज प्याडहरू
टेप
विभिन्न आकारका पट्टी
एन्टिसेप्टिक वाइपहरू
साबुन
एन्टिबायोटिक मलम
सिटामिनोफेन र आईबुप्रोफेन
अतिरिक्त औषधि औषधी (यदि परिवार छुट्टीमा जाँदै छ)
चिम्टी
कैंची
पिनहरु
लोशन
थर्मामीटर
फ्ल्यासलाइट
दुर्घटना नचाहँदा नचाहँदै भोग्नुपर्ने नियति हो । त्यसकारण सजग बनौँ । तपाईको यात्रा शुभ रहोस् ।
(नोट : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ बाट बच्न नेपाल सरकारले भिडभाड नगर्न, ठूलो जमघट नगर्न, भौतिक दूरी कायम गर्न, मास्कको उचित र अनिवार्य प्रयोग गर्न, सेनिटाईजरको प्रयोग गर्न सबैमा अनुरोध गरेको छ । एकबाट सजिलै दोस्रोमा सर्ने प्रकृतिको भाइरस र यसविरुद्धको भ्याक्सीनको सहज उपलब्धता नभएका कारण विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रमा आउँदा अनिवार्य पीसीआर गरेको हुनुपर्ने वा नयाँ मानिसलाई प्रवेशमा निषेध गर्ने नीति लिएको हुनसक्छ । यसअर्थ आफू जाने गन्तव्यमा पर्ने स्थानीय सरकारसँग भरपर्दो सूचना लिएर मात्रै जानु राम्रो हुन्छ ।
यहाँहरुको बडादशैँ र यसपछिको घुमघाम रमाईलो गरी बितोस् । लोकपथ डटकमसँगै रहनुहोला ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया