हरिवंश आचार्य दम्पती कोरोना मुक्त

काठमाडौं । चर्चित हास्य कलाकार हरिवंश आचार्य दम्पती कोरोना मुक्त भएका छन् ।

गत असोज २० गते मंगलवार हरिवंश र उनकी पत्नी रमिला आचार्यमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुवैजनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हरिवंशले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

पछिल्लो समय नेपालमा स्वास्थ्यकर्मी सुरक्षाकर्मी मात्र नभएर नेता कलाकार लगायतमा कोरोना संक्रमण बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?