गण्डकी प्रदेशमा कोरोना उपचार नि:शुल्क, मुख्यमन्त्रीसहित मन्त्री र सांसदको दशैँ भत्ता कोषमा जम्मा

काठमाडौं । गण्डकी प्रदेश सरकारले यस वर्षको दशैँ खर्च कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले मुख्यमन्त्रीसहित मन्त्रीहरुको तलब भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

नेपालमा कोरोना महामारी शुरु भएसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित उनका सचिवालयका सदस्यहरुले १ महिना बराबरको तलव कोरोना कोषमा जम्मा गरेका थिए ।

सांसद, मन्त्री तथा मुख्यमन्त्रीलाई दशैँ विशेष तलब बराबरको रकम भत्ता दिने गरेको छ । कर समेत नकाटी आउने दशैँ भत्ता रकम बराबर कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

केन्द्र देखि प्रदेश सरकारले सांसद देखि मन्त्रीहरुलाई समेत दशैँ भत्ता बराबरको रकम सम्बन्धीतको खातामा पठाइसकेको छ । गण्डकी प्रदेश सभामा कांग्रेस लगायत केही दलले भने भत्ता रकम फिर्ता गरी कोरोना कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् ।

केन्द्र सरकारले कोरोनाको उपचार स्वमं संक्रमिततले गर्नुपर्ने भन्ने निर्णय गरेपनि गण्डकी प्रदेश सरकारले भने कोरोनाको निशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?