बालकृष्ण ढुङ्गेल र रेशम चौधरीलाई भेटियो, अनि लेखियो

अर्जुन जम्नेली राईकाठमाडौं –जनयुद्धकालिन मुद्धामा डिल्लीबजार कारागारमा बन्दी जीवन वितारइरहेका माओवादी नेता बालकृष्ण ढुङ्गेलसँग केहीदिन अघि भेट भयो ।कारागारमा ढुङगेललाई भेट्न जाँदा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रंजित तामाङको टोली र लिम्बुवान आन्दोलनका नेता संघीय लिम्बुवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनसँग पनि अचानक भेट हुन पुग्यो ।डिल्लीबजार कारागार परिषरमा भावुक मुद्रामा भेटिएका बालकुष्ण ढुङ्गेलसँग मेरो पुरानै चिनजान थियो । तर, भेटका दिन ढुङगेल भावुक मुद्रामा थिए । हामीबीच औपचारिक कुरा सुरु भयो । भेटपछि उनैले कुरा सुरु गरे । भने ‘म सारै निराश छैन, यो ठाउँ(कारागार) जिउदै ल्याएर जिउदै पठाउने ठाउँ हो । श्रीपेच लगाउनेविरुद्ध लड्दा अपराधी सावित हुनुपर्ने अवस्था छ, अन्याय भए टोपी लाउनेविरुद्ध पनि लड्न तयार छु ।’ढुङगेल सुगर, प्रेसर, कोलस्टोरका विरामी हुन् । दिनमा १३ प्रकारका औषधी १३ पटक खान्छन् । मुटुले ३० र मृगौला २५ प्रतिशत मात्रै काम गरिरहेको छ । ज्यान मुद्धामा परेकाहरूले ४० प्रतिशत कैद सजाय भोगिसकेपछि ६० प्रतिशतसम्म छुट हुनसक्ने कानूनी व्यवस्था छ ।‘जेठ १५ सम्म छुट्न सक्छु । सरकारले निर्णय गरेको खण्डमा त्यो भन्दा अगाडि पनि निस्कन सक्ने अवस्था छ’ ढुङगेलले यसो भनिरहँदा उनका आँखाका परेला आँशुले भिजिसकेका थिए । ‘मन्त्रीमण्डल विस्तारपछि बर्षमान पुनसँग फोनमा कुराकानी भएको ढुङगेलले सुनाए । तर, गृहमन्त्री रामबहादुर थापा (बादल) सँग भने सम्पर्क हुन नसकेको उनले सुनाए । भने ‘ गृहमन्त्रीका स्वकीय सचिवले फोन काटिरहेका छन् । हाम्रा देशका मन्त्रीका सहयोगिहरु मन्त्रीभन्दा २ तह माथिका आफुलाई ठान्छन्, भेट्न र बोल्न पनि पाइँदैन ।’ढुङ्गेललाई जनयुद्धकालिन ओखलढुङ्गका उज्जनकुमार श्रेष्ठ हत्याको अभियोग लागेको छ । २०५५ असार १० गते भएको उक्त घट्नाका सम्बन्धमा सर्वोच्च अदालतले २०६६ पुस १९ गते दोषि ठहर गरेको थियो । उनलाई गएको कार्तिक १४ गते प्रहरीले नियन्त्रणमा लिएर डिल्लिबजार कारागारमा राखेको छ । तर, जेल सजाँय भोगिरहेका ढुङ्गेल आफू सो घट्नामा संलग्न नभएको बताउँदै आएका छन् ।रेशमले भने–म निर्दोष व्यक्ति हुँसोही दिन प्रहरी नियन्त्रणमै रहेर उपचाररत थारुवान आन्दोलनका नेता तथा सांसद रेशम चौधरीसँग पनि वीर अस्पतालको आइसियु कक्षमा भेट भयो । भेटेर कुराकानी भएको केही बेरमा फलामको साङ्लो देखाउदै चौधरी भन्दैथिए ‘यो मेरो खुट्टामा लगाइने नेल हो ।’ म निर्दोष व्यक्ति हुँ । टिकापुर घट्नाको दिन म बर्दियामा थिएँ । अदालतको एउटा पत्रको भरमा हाजिर हुन गएको व्यक्तिलाई नेल लगाउन पाइन्छ ? यो नेल मेरो खुट्टामा लागिरहने हो भने कैलालीमा फेरि आगो बल्छ ।’चौधरीले आफु थरूवान राज्य प्राप्त नभएसम्म जेलनेल भोग्न तयार भएको पनि दोहोर्याए । चौधरी केलाली क्षेत्र नम्बर १ का राजपाकातर्फबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । निर्वाचन आयोगबाट तत्काल निर्वाचित प्रमाणपत्र र सपथ खान पाउनुपर्ने चौधरीको माग छ । राष्ट्रपति र संघीय संसदको सभामुखको निर्वाचनमा भोट लाउन नदिएर आफ्नो अधिकार हनन भएकोप्रति पनि चौधरीले कडा आपत्ति जनाए ।उनले भने ‘हजारौ थारुहरूको घरमा आगो लगाउने र सम्पत्ति लुट्नेहरू कहाँ छन् ?’ ‘के उनीहरू राज्यको नजरमा अपराधी होइनन ?’ आन्दोलन र निर्वाचनबारे अनुभव सुनाउदै चौधरीले भने ‘आन्दोलनमा जनताले नेतृत्वको निर्णय खोज्दारहेछन ।’ तर, मसँग त्यसवेला चुनाव लड्ने पैसा पनि थिएन । एकजना जिल्ला नेताले पम्प्लेट प्रकाशन गर्ने पैसा छैन कसरी चुनाव लड्ने भनेर प्रश्न गरेको अहिले पनि उनी सम्झन्छन् ।‘तरपनि पार्टीले चुनाव चिन्ह छाता राख्ने निर्णय गरेपछि जनता स्वयंमले कैलाली १ छातैछाताले भरिदिएछन् । तिनै जनताले मत दिएर निर्वाचन जनताले जिताए ।’ उनले निर्वाचनका समयको स्मरण गरे ।‘तर, यसरी जनताले जिताउको प्रतिनिधिलाई राज्यले खेदो गरिरहेको छ । यस्तै हो भने देशले दुःखद घट्ना बेहोर्नुपर्छ ’ उनको भनाई थियो । कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै चौधरी अनसन बसेका थिए । त्यहि क्रममा उनलाई उपचारका लागि काठमाडौंको वीर अस्पताल ल्याइएको थियो ।अनसनरत चौधरीलाई गत चैत्र २ गते गृहमन्त्री रामबहादुर थापा (बादल)आफै अस्पताल पुगेर जुस पिलाएर अनसन पनि तोडाए । चौधरीको अनसन तोडाउन राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर,सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतको टोली अस्पताल पुगेको थियो ।चौधरीले टिकापुर घट्नाका २६ जना अरोपीलाई क्षतिपूर्तिसहित रिहाइको माग गर्दै आएका छन् । अदालती प्रकृया बाहेक चौधरीका माग पुरा गर्ने सर्तमा अनसन तोडाइएको सरकारी निकायले जनाएको छ । २०७२ भदौं ७ गते भएको कैलालीको टिकापुर घट्नाको दोषि भनिएका चौधरी फागुन १४ गते जिल्ला अदालत कैलालीमा आफै हाजिर हुन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?