काठमाडौं । पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा मात्रै थप १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा थपिएका १ हजार ७०२ जना कोरोना संक्रमित मध्ये १२३ जना कोरोना संक्रमित ललितपुर जिल्लाका रहेका छन् ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार ८६१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप २ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २८ हजार १९६ जना र संस्थागत आईसोलेसनमा १३ हजार ५५९ जना छन् । तिमध्ये २७३ जना संक्रमितको आईसियु र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २२० जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, झापा, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके, दाङ, कैलाली र कास्की गरि १४ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
त्यस्तै नेपालका ७७ वटा जिल्लामध्ये हालको अवस्थामा मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ७६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।
हिजो (सोमवार)नेपालमा ३ हजार ७९० जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ३३५ जना संक्रमणमुक्त भएका थिए भने १८ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया