जसपाद्वारा केन्द्रीय समिति विस्तार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान संशोधन गरी केन्द्रीय समितिको संख्या बढाएको छ ।

यसअघि केन्द्रीय समितिको संख्या ७०१ थियो भने विधान संशोधन गरेर ८०१ सदस्यीय बनाइएको हो । आज (मंगलवार) बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको हो ।

कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले विधान संशोधनको प्रस्ताव सर्वसहमतीले पारित गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?