काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न क्षेत्रका गरी ६९० फर्ममा अनुगमन गरेको छ ।
स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम विभागले साउन, भदौ र असोज महिनामा सो संख्यामा अनुगमन गरेको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार १५१ किराना पसलको अनुगमन गरिएको छ । यस्तै ३२ होलसेल बिक्रेता, ६० उद्योग, ५३ फलफूल तथा तरकारी, ३८ माछा मासु, १८ एलसी ग्यास, ९० पेट्रोल पम्प, १४५ सुनचाँदी र अन्य १०३ फर्मको अनुगमन गरिएको छ । अनुगमनका क्रमा ८५ फर्ममा कैफियत देखिएको छ ।
जसमा तौलिने यन्त्रको समस्या, फर्मले तौलसम्बन्धित कागजात पेश नगरेको, तौलने यन्त्रको प्रयोग गर्न अनुमति नलिएको लगायतका फैफियत पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया