काठमाडौँ, ५ चैत- श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति अब प्रदेशबाटै दिने तयारी गरेको छ । त्यसैको तयारीस्वरुप पहिलो चरणमा प्रदेश २ को धनुषा र अर्को प्रदेशको एक स्थानमा श्रम कार्यालय खोल्न लागिएको हो ।श्रममन्त्री गोकर्ण विष्टले २ नम्बर प्रदेशको धनुषा तथा प्रदेश नम्बर ५ र ६ मध्ये कुनै स्थानमा श्रम कार्यालय खोल्ने तयारी भइरहेको जानकारी दिएका छन् । कार्यालय स्थापना भएपछि वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृति पनि त्यहीँबाट हुनेछ ।मन्त्री विष्टले यस विषयमा प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई निर्देशन समेत दिएका छन् । नयाँ दुई कार्यालयका लागि ४० जना कर्मचारी आवश्यकपर्ने देखिएको छ ।यी दुई स्थानका लागि पिन र आई रड मेसिन खरिद गर्नुपर्ने वैदेशिक रोजगार विभागले बताएको छ । हाल वैदेशिक रोजगारीमा जाने देशभरका युवाले काठमाडांैमा रहेको ताहाचलमा रहेको श्रम विभागबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।मन्त्री विष्टले म्यानपावर व्यवसायी विरुद्ध परेका उजुरी र कारबाहीका विषयमा विवरण पेस गर्न पनि विभागलाई निर्देशन दिएका छन् । वैदेशिक रोजगार विभागमा परेका उजुरी र गुनासो दैनिक सुन्न मन्त्री विष्टले निर्देशन दिएका छन् । यसअघि कामदारका समस्या र उजुरी विभागले हरेक बुधवार मात्रै सुन्दै आएको थियो । वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले अब कामदारका गुनासा दैनिक सुनुवाइ हुने जानकारी दिए, अन्नपूर्ण पोस्टमाखबर छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया