प्रधानमन्त्रीज्यू बरु सिधै भन्नूस- ‘सरकारले संक्रमितको संख्या गन्ने बाहेक थप केही गर्दैन’ !

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोना उपचारमा सरकारको उदासिनता प्रति आलोचना गरेका छन् ।

सरकारको कोरोना उपचार जनता स्वमंले गर्नू भन्ने निर्णयमा टिप्पणी गर्दै सरकार संक्रमित गन्न बाहेक अन्य काम नगर्ने घोषणा गर्नु भन्दै व्यंग्य गरेका छन् ।

कोरोना संक्रमितले आफ्नो उपचार आफैँ गर्ने भन्ने सरकारको पछिल्लो निर्णयको चौतर्फी आलोचना भइरहेको छ । नेता थापाले खुद्राखुद्रामा यस्तो निणर्य गर्नुभन्दा बरु सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराउनू भन्ने व्यंग्य गरेका गरेका हुन् । उनले भनेका छन्, “प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?