फ्रान्स : शिक्षकको हत्याको विरोधमा पेरिसमा हजारौँ र्‍याली, प्रधानमन्त्री पनि बने सहभागी

लोकपथ संवाददाता
189
Shares
French Prime Minister Jean Castex looks on as he visits the Centre Hospitalier Universitaire (CHU) in Lille, on October 16, 2020. (Photo by Denis CHARLET / various sources / AFP) (Photo by DENIS CHARLET/AFP via Getty Images)

काठमाडौं । फ्रान्समा एक स्कूल शिक्षकको हत्याको बिरोधमा अहिले पेरिसका विभिन्न स्थानमा र्‍याली भईरहेको छ ।

पुलिसका अनुसार स्यामुएल प्याटीलाई शुक्रवार कनफ्याल्यान्स सेन्ट होनोरिनमा १८ वर्षीय किशोरले घाटी रेटेर हत्या गरेका थिए ।

Teacher Samuel Paty (File Photo)

त्यसपछि पुलिसले उनलाई पक्राउ गर्ने क्रममा गोली हान्दा उनको मृत्यु भयो । इतिहास पढाउने शिक्षकले प्यागम्बर मोहम्मदको क्लास क्यारिकेचर देखाएका थिए ।

त्यसपछि अहिले फ्रान्समा बिरोध प्रदर्शन भईरहेको छ । प्रदर्शनमा फ्रान्सका प्रधानमन्त्री पनि सहभागी बनेका थिए ।

फ्रान्सका ४७ वर्षीय प्रधानमन्त्री जीन क्यास्टेक्स पेरिसको प्लेस डी ला रिपब्लिकमा आईतवार भएको प्रदर्शनमा सहभागी बनेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?