काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले दशैँमा एक महिना बराबरको तलब नलिने घोषणा गरेका छन् ।
मन्त्री जम्कट्टेलले आफूले दशैँको लागि लिने तलब प्रदेशको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । कोरोना महामारीको भयाबहको अवस्थामा चाडपर्व बापत प्रदेश सरकारबाट आउने तलब रकम कोरोना कोषमा दिन लागेका हुन् ।
त्यस्तै यता संघीय सांसद भीम रावलले पनि सांसद एवम् जनप्रनिधिहरुको तलब भत्ता नलिने व्यवस्था गर्नका लागि माग गरेका छन् । उनले संसद सचिवालयमा नै एक पत्र पठाउँदै आफूले दशैँको तलब नलिने र अन्य सांसदहरुलाई समेत तलब भत्ता बराबरको रकम कोरोना कोषमा जम्मा गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया