अभिनेत्री श्वेता अग्रवालसँग कहिले विवाह गर्दैछन् गायक आदित्य नारायण झा ?

गायक अदित्य नारायण झा यतिबेला विवाहको कुरालाई लिएर चर्चामा छन् । उनी आफ्नी प्रेमीका तथा बलिउड अभिनेत्री श्वेता अग्रवालसँग् विवाह गर्न लागिरहेका छन् ।

उनीहरुले १० वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । यसैबीच आदित्य नारायणको विवाहको डेट खुलासा भएको छ ।

उनले श्वेतासँग १ डिसेम्बरमा विवाह गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले एक अन्तर्वार्तामा यसको बारेमा जानकारी गराएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?