सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

काठमाडौं – तपाईं सार्वजनिक यातायातबाट यात्रा गर्दै हुनुहुन्छ ? त्यसो हो भने कोरोनाको महामारीका बीच आएको दशैँ, तिहार र छठजस्ता पर्वहरुमा सवारी साधनमा यात्रा गर्दा निकै सावधानी अपनाउनुपर्ने भएको छ ।

कोरोना महामारीबाट बच्न सुझावसहित सार्वजनिक भएका विभिन्न रिसर्चहरुमा भनिएको छ, ”कोरोना भाइरस फलाम वा फलामजन्य वस्तुमा लामो समय जीवित रहन्छ ।”

कोरोना भाइरस बस र मेट्रोट्रेनमा धेरै समयसम्म जिउँदो रहने अध्ययनको दाबी गरेका छन् ।

एक शोधअनुसार ‘एयर कन्डिसन बस’ र ‘मेट्रो ट्रेन’ वा अन्य सवारी साधनमा कोरोनाका पोजिटिभ व्यक्तिको साथमा यात्रा गर्नु तपाईलाई समस्या बन्न सक्दछ ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल सीडिसीका अनुसार केहि शोधकर्ताहरुले मिलेर एक रिपोर्ट प्रकाशित गरेका छन् ।

उक्त रिपोर्टका अनुसार वार्ता गरिने ठाउँबाट पनि हावाको माध्यमबाट कोरोना सर्न सक्ने र कोरोना पोजेटिभ मानिस भएको ठाउँमा र उ बसेको ठाउँमा पनि ३० मिनेट सम्म जिउँदो रहन सक्ने बताइएको छ ।

साथै संक्रमित व्यक्ति भन्दा टाढा ४/ ५ मिटरसम्म कोरोना फैलिन पनि सक्षम रहन्छ ।

चीनको हुनान प्रान्तमा भएको यो शोधमा १५ जना मानिसहरुलाई सामेल गरिएको थियो । ति सबै जना एक बसमा यात्रा गरिरहेका थिए ।

बसमा बसेका बिना माक्सवाला एक व्यक्तिको माध्यमबाट १५ मध्ये २ जनालाई कोरोना भाइरसको संक्रमण देखा परेको थियो ।

अझ बिना माक्सका उक्त व्यक्ति बसबाट झरेपछि ३० मिनेटसम्म कोरोना त्यहाँ रहेको थियो ।

विश्वभर नै भयावह रुपमा फैलँदै गरेको कोरोना भाइरसको विषयमा विकसित देशहरुले ठूलो जनशक्ति खर्चिएर औषधी पत्ता लगाउन खटिरहेका छन् । तर हालसम्म यसको औषधी पत्ता लागेको छैन । यसविरुद्धको भ्याक्सिन पनि बजारमा ल्याउने भनिएको छ । तर आइसकेको छैन ।

गत डिसेम्बर अन्तिम साता चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण विश्व आक्रान्त भएका बेला यसको असरबाट नेपाल पनि मुक्त हुन सकेको छैन । बरु संक्रमण दिनानुदीन बढीरहेको छ ।

विश्वलाई आक्रान्त पारेको कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा निकै ठूलो धक्का पुगेको छ । विकासशिल देशहरु यसको चपेटामा नराम्ररी परेका छन् । मानिसको स्वास्थ्य अवस्था बिग्रँदो छ ।

कसरी हुन्छ संक्रमण
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको श्वासप्रश्वास प्रक्रियामा बाहिर निस्केका थुकका छिटा, सिंगान, खकार, थुक, आँशु, दिसापिसाब, उसका लत्ताकपडा आदिजस्ता कुराहरुमा रहेको यो भाइरस अर्को व्यक्तिमा सर्ने गर्छ ।

संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा, खोक्दा, थुक्दा, संक्रमितले फेरेर श्वास, सिँगान, खकार, उसले प्रयोग गरेका सामान, दिसापिसाब आदीमा यो भाइरस रहने भएकोले दोस्रो व्यक्ति चनाखो हुनुपर्छ भनिएको हो । मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छ : 

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क हात मिलाउने, अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

लक्षणः
ज्वरो आउने

रुघा लाग्ने खोकी लाग्ने
छाति दुखेजस्तो हुने, स्वाद थाहा नपाउने, थकाई लाग्ने

सुख्खा खोकी लाग्ने

श्वास फेर्न गाह्रो हुने
पखाला लाग्ने
घाँटी, टाउको तथा जिउ दुख्ने
नेपालमा पनि धेरैलाई लक्षणविना नै कोरोना संक्रमण पुष्टि भएको छ । यसकारण हरेक व्यक्तिलाई संक्रमितको नजरले हेरी आफू सावधान र सचेत रहने ।

कसरी बच्ने ?

रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– मास्कको प्रयोग गर्ने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने

– नियमित साबुन पानीले हात धुने र हातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने
अथवा घरमा आईसोलेसन बस्ने

– सार्वजनिक जमघटहरुमा कम उपस्थित हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?