चीनको स्टक मार्केट क्यापिटलाइजेशन १० लाख करोड डलर भन्दा धेरै

काठमाडौं । चीनको शेयर बजारको मार्केट क्यापिटलाइजेशन २०१५ पछि पहिलो पटक १० लाख करोड डलर भन्दा धेरै धएको छ ।

साथै चीनको बजारको प्रमुख इण्डेक्समा यस वर्ष संसारकै सबै प्रमुख बजारको भन्दा धेरै उछाल आएको छ ।

साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टका अनुसार सोमवार शंघाई र शेन्झेन एक्सचेन्जमा लिस्टेड सबै शेयरको कुल एमक्याप १०.०५ लाख करोड डलर भएको छ ।

यो भन्दा पहिला मात्र एकपटक सन् २०१५ मा १०.०५ लाख करोड डलर एमक्याप हासिल गरेको थियो ।

चीन अब अमेरिका पछिको दोश्रो सबैभन्दा ठूलो शेयर बजार बनेको छ ।

अमेरिकाको स्टक मार्केटका कुल एमक्याप ३८.३ लाख करोड डलर छ । यस पछि तेश्रो स्थानमा जापान (६.२ लाख करोड डलर) र चौथो स्थानमा हङकङ (५.९ लख करोड डलर) छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?