जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

उदयपुरमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । कटारी–१४ मा भएको सो दुर्घटनाका घाइतेलाई कटारीस्थित अस्पतालमा पठाएको छ ।
भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कोपोर्पियो गएराति १ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका ४६ वर्षीय राम बहादुर सार्की र २७ बर्षीय कर्मे सार्कीको मृत्यु भएको छ । अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?