‘प्रहरी-समुदाय साझेदारी’ मा चन्द्रागिरि नगरपालिका उत्कृष्ट

काठमाडौं । नेपाल प्रहरीले शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको छ ।

प्रहरीले २०७५ कात्तिक ११ देखि शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा काठमाडौंको चन्द्रागिरि नगरपालिका देशभरका स्थानीय तहमध्ये उत्कृष्ट भएको हो । देशभर ७५३ स्थानीय तह रहेका छन् ।

आज ६५ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई पुरस्कारसहित सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?