नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८८ हजार नाघ्यो, कुन प्रदेशमा कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५ सय २२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यौसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८८ हजार ४० जना रहेका छन् ।

कुल संक्रमित मध्ये ६९.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ७६२७ जना

प्रदेश २ मा १५४०१जना

वाग्मती प्रदेश ३७२१३ जना

गण्डकी प्रदेशमा ४५७१ जना

प्रदेश ५ मा ११५७५ जना

कर्णाली प्रदेशमा ३७६६ जना

सुदूरपश्चिम प्रदेशमा ७८८७ जना

बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १६ हजार ५३१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३७ हजार ३८२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २५ हजार ४६ जना र संस्थागत आईसोलेसनमा १२ हजार ३३६ जना छन् । तिमध्ये ३१५ जना संक्रमितको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८०८ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके र दाङ गरि ११ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ७१५जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (शुक्रवार) नेपालमा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको थियो । ३ हजार ५६४ जना संक्रमणमुक्त भएका थिए भने १९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?