काठमाडौं । भोलिबाट नवरात्री शुरु हुँदैछ । आश्विन मासको शक्ल पक्षको प्रतिपदा तिथिबाट शुरु हुने नवरात्रमा दुर्गाका नौ स्वरुपको पूजा हुन्छ ।

नवरात्रको हरेक दिन फरक फरक दुर्गाका स्वरुपको पूजा गरिन्छ । यस वर्ष भने उत्कृष्ट संयोग मिलेको छ । यस वर्षको नवरात्री ५८ वर्ष यताकै उत्कृष्ट भएको ज्योतीषिहरुको भनाई छ । शनि स्वराशि र मकर र गुरु स्वराशि धनुमा रहनेछन् ।

साथै यस पटक घटस्थापनामा पनि विशेष संयोग बनिरहेको बताइएको छ । यो महासंयोगमा केहि मानिसहरुका लागि भने फलिफाप हुने बताइएको छ ।

नवरात्रीको पहिलो दिन शैलपुत्रीको उपासना गरिन्छ । यो घटस्थापनाको दिन पर्छ ।

घटस्थापनको शुभ मूहुर्त विहान ६ बजेर १० मिनेटसम्म रहेको छ । कारणवश नभ्याइएमा बिहान ११ बजेर २ मिनेटदेखि ११ बजेर ४९ मिनेटसम्म रहेको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया