बेसार मन पर्दैन ? बजारमा उपलब्ध छ स्वादिष्ट बेसार केक

काठमाडौं । कोरोना रोगको महामारी बढ्दै गरेको अवस्थामा प्रधानमन्त्रीले देशवासीको नाममा गरेको सम्बोधनका क्रममा बेसारको महत्वको बारेमा बताएका थिए । तर सम्बोधन लगत्तै सामाजिक संजालहरुमा त्यसको व्यापक खिल्ली उडाइएको थियो ।

कोरोनाको औषधिका बारेमा विश्वका अग्रणी देशहरु अन्यौल रहेको तर हाम्रो प्रधानमन्त्रीलाई सबै थाहा छ भन्दै व्यापक खिल्ली पनि उढाइयो । तर त्यसको केहि समय पश्चात यूरोपेली मुलुकमा बेसारको खपत ह्वात्तै बढ्न थाल्यो ।

पश्चिमी मुलुकमा बेसारको प्रयोग कम हुँदा रोगहरुसँग लड्न आवश्यक पर्ने अन्टिबायोटिकका लागि बेसार मिश्रित औषधि महँगो मूल्य तिरेर खाने गरेका छन् । तर नेपालमा भने सजिलै खेती हुने र सस्तोमा पाइने हुँदा पनि बेसारको महत्व अझै बुझ्न सकिएको छैन ।

वनस्पतीशास्त्र अनुसार बेसारले मानव शरीरमा लाग्ने ६ सयभन्दा बढी रोगको निदान गरेको हुन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीकै काम गरेको हुन्छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ ।

बेसारमा औषधिय गुण रहेको र फुक्का खान अधिकाशं नेपालीहरुले (विशेषगरी बालबालीकाहरु) नरुचाउने कारणलाई मध्यनजर गर्दै उहि बेसारलाई सोहि गुणहुने गरि अगेनो बेकरीले बेसार केक बजारमा ल्याएको छ ।

झम्सीखेल स्थीत केन्द्रिय कार्यलय रहेको अगेनो द हाइस्टका निर्देशक प्रज्वल दाहालका अनुसार बेसार खान नरुचाउनेका लागी बेसारको प्रकृतिक एन्टिबायोटिक गुणलाई केक बनाएर विक्रि वितरण थालिएको बताए । बेसार सेवनबाट अनगिन्ती फाइृदाहुने बताउँदै बेसार केकले पनि बेसारको सम्पूर्ण गुण बोकेको जानकारी गराए ।

देशभर फैलिएको अगेनो बेकरीको हरेक शाखामा ८५ रुपैयाँ प्रति गोटामा बेसार केक उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?