काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवाले लिने परीक्षामा सामेल गराउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।
लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्नका लाग जारी गरेको कोरोना संक्रमणको अवस्थामा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७७ को बुँदा नं ८ को (१) मा परीक्षार्थीले स्वघोषणा गरि आफू संक्रमित नभए मात्र परीक्षा हलमा सामेल हुने पाउने व्यवस्था रहेको छ ।
त्यस व्यवस्थाले धेरै परीक्षार्थीहरु परीक्षाबाट बञ्चित हुने भन्दै बिहीवार न्यायाधीश सपना प्रधान मल्लले एकल इजलासले संक्रमित परीक्षार्थीहरुलाई पनि सामेल गर्नेगरी व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।
लोकसेवाले ल्याएको मापदण्डको उक्त बुँदाले परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयं घोषणा गर्नुपर्ने तथा संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरेको छ ।
आफू संक्रमित भएको स्वघोषणा गरी परीक्षा दिन नपाउने व्यवस्था गर्दा बहिस्करणमा पर्ने डरले संक्रमितले घोषणा नगर्ने र परीक्षामा सहभागी भएर अरु परीक्षार्थी, कर्मचारी र सम्पर्कमा आएका सबैलाई जोखिममा पुर्याउन सक्ने न्यायाधीश मल्लको इजलासको ठहर गरिएको जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया