काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले एक सूचना प्रकाशित गर्दै शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।
कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीहरूको हितग्राहीमा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा शेयर अभौतिकीकरण गरि हितग्राही खाता खोलिसकेका शेयरधनीहरूलाई आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेको हो ।
कम्पनीको असोज ९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई प्रति शेयर १०० रुपैयाँको दरले वितरण गर्ने लाभांशको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया