काठमाडौं । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टी ९नेकपा० का अध्यक्षसहित शीर्ष नेताहरु अनुपस्थित रहेका छन् ।
कोरोना संक्रमणको जोखिमको कारण देखाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल अनुपस्थित भएका हुन् । भने अर्का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्योपचारका लागि अस्पताल भर्ना भएका छन् ।
कारण कोरोनालाई देखाइएपनि पार्टीसँग छलफल नै नगरी एकाएक मन्त्रिहरु नियुक्त गरेको प्रति असन्तुष्टि जनाउँदै उपस्थित हुन नचाहेको कतिपयको टिप्पणी रहेको छ । भने उनी निकट स्रोतका अनुसार कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भीडभाड गर्न उचित नहुने भएकाले सपथ ग्रहणमा नगएको बुझिएको छ ।
मन्त्रीहरुको नियुक्ति तथा हेरफेर नेताहरुसँग सहमति नगरी तथा स्थायी समिति र सचिवालयको स्प्रिट विपरित गरेको भन्दै प्रचण्ड लगायतका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
बुधवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका तीन मन्त्रालयमा जिम्मेवारी दिएका छन् । अर्थ मन्त्रालयमा विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा तत्कालिन महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङलाई जिम्मेवारी दिइएको छ । त्यस्तै तथा महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठलाई दिइएको छ ।
रक्षा आफू मातहतमा राख्दै प्रधानमन्त्री ओलीले ईश्वर पोखरेललाई उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को जिम्मेवारी दिइएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया