सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहरी विकास मन्त्रीको जिम्मा कृष्ण गोपाल श्रेष्ठलाई दिएका छन् ।

बुधवार भएको मन्त्रिमण्डल हेरफेरमा उनले सञ्चार तथा सूचनाप्रविधि मन्त्रीको जिम्मेवारी तत्कालिन महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङलाई दिएका छन् ।

त्यस्तै अर्थमन्त्रीमा विष्णु पौडेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी ईश्वर पोखरेललाई दिइएको छ । रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले नै सम्हाल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?