ललितपुरमा ३०५ सहित काठमाडौं उपत्यकामा थपिए १४ सय ३ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमाडौंमा ३७ हजार ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरुष २३ हजार ९ सय २ र महिला १३ हजार ४ सय ३८ रहेका छन् । त्यस्तै भक्तपुरमा ३ हजार ७ सय १९ रहेका छन् । जसमध्ये पुरुष २ हजार १ सय २ र महिला १ हजार ६ सय १७ रहेका छन् । ललितपुरमा ५ हजार १ सय ४२ संक्रमित रहेका छन् । जसमध्ये पुरुष २ हजार ९ सय ५ र महिला २ हजार २ सय ३७ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय काठमाडौं लगायत देशभर कोराना संक्रमणको दर बढिरहेको छ ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार ९४७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार १७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । यो कुल संक्रमितको ६८.६ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३६ हजार ३६७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २१ हजार ५४८ जना र संस्थागत आईसोलेसनमा १४ हजार ८१९ जना छन् । तिमध्ये ३०५ जना संक्रमितको आईसियु र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ६६६ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके र दाङ गरि ११ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (मंगलवार) नेपालमा ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५०३ जना संक्रमणमुक्त भएका थिए भने १८ जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?