बामदेव गौतमको मुद्धा दशैँअघि सुनुवाई नहुने संकेत

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष बामदेव गौतमको मुद्धा सुनुवाईमा ढिलाइ हुने भएको छ ।

बुधवारको लागि सर्वोच्चमा तीन वटा इजलास तोकिएपनि गौतमको मुद्धा संवैधानिक इजलासको पेसीमा चढ्न सकेको छैन् ।

सर्वोच्चका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराले बुधवारका लागि ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्की, तेजबहादुर केसी र
सुष्मलत्ता माथेमाको इजलास तोकेका छन् ।

यस अघि सर्वोच्चका न्यायाधीशसहित उच्च कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै गौतमको मुद्धा सुनुवाईमा ढिलाई भएको हो ।

दशैँ नजिकिएसँगै अदालत बन्द हुने भएका कारण दशैँ अघि गौतमको मुद्धा सुनुवाई नहुनसक्ने स्रोतको दावी रहेको छ ।

हप्तामा दुई दिन अर्थात बुधवार र शुक्रवार मात्रै संवैधानिक बस्दै आएको छ । अब आगामी शुक्रवार संवैधानिक इजलास बस्न नसकेमा मुद्धा दशैँपछि मात्र हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?