कोरोनाबाट ३७ वर्षीय पुरुषको निधन

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको बेलवारी १० का ३७ वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ ।

विभिन्न दीर्घरोग भएका उनमा गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या देखिएसँगै  उनलाई मंगलवार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । भने उनको मंगलवार साँझ ६ः४५ बजे निधन भएको अस्पताल ले जनाएको छ ।

अस्पतालका अनुसार उनको नियमानुसार अन्त्येष्टी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?