काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथिको अविश्ववासको प्रस्तावबारे गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय भेटघाट भएको छ ।
मुख्यमन्त्री शाही विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि रुष्ट बनेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार ओली प्रचण्डबीच मुख्यमन्त्री शाहीको अविश्वास प्रस्तावबारे छलफल भइरहेको छ । यसअघि सोमवार पनि प्रचण्डले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटी प्रस्ताव फिर्ता लिनको आग्रह गरेका थिए । नेपाल पक्षका सांसदहरु भने प्रस्ताव फिर्ता लिने पक्षमा पुगेका छन् भने ओलीले भने कुनै प्रतिक्रिया दिएका छैनन् । आजको बैठकमा उक्त विषयमा छलफल हुने बुझिएको छ ।
आजको बैठकले दुवै अध्यक्षले प्रदेशमा निर्देशन पठाउने गरी छलफल हुने स्रोतको दावी रहेको छ । त्यस्तै अहिले दुवै पक्ष सहमती खोज्नका लागि छलफलमा जुटेका छन् ।
गत आइतवार प्रदेशका १८ जना सांसदहरुले मुख्यमन्त्री विरुद्ध विभिन्न आरोपहरु लगाउँदै अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव दर्ता गराएसँगै यतिबेला केन्द्रीय राजनीति तातेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया