काठमाडौं । सरकारले सात वटै प्रदेशका १४ अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निः शुल्क उपलब्ध बनाउन कार्यविधि जारी गरेको छ ।
त्यसको प्रवन्धका लागि सरकारले १४ करोड उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै देशका विभिन्न १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी प्रतियुनिट ५० लाखका दरले रकम उपलब्ध गराइएको प्रवक्ता डा. गौतमले बताए ।
उनका अनुसार कोसी, भरतपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आकस्मिक कक्ष निर्माणका लागि ९ करोडका दरले ३६ करोड रकम समेत उपलब्ध गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया