काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह पदमुक्त भएका छन् ।
संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उनको कामकारबाही सन्तोषजनक नभएको भन्दै प्रदेश सभाको सचेतकबाट हटाएका हुन् ।
त्यससँगै मुख्यमन्त्री शाहीले आज नै प्रमुख सचेतकको जिम्मेवारी सिता कुमारी नेपालीलाइ दिएका छन् ।
आइतवार शाह समक्ष १८ जना सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
शाहले अविश्वासको प्रस्ताव दर्ता गरेको केही घन्टापछि नै छलफलको लागि संसदीय दलको बैठकसमेत बोलाएका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गर्न नेतृत्व गरेका ओली पक्षका नेता तथा मुख्यमन्त्रीका आकांक्षी यामलाल कँडेलको पक्षमै रहने शाहले छिट्टै बैठक बोलाएपछि मुख्यमन्त्रीले उनलाई पदमुक्त गरेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया