आईपीएलमा मुम्बई इण्डियन्सको लगातार चौथो जित, दिल्ली ५ विकेटले पराजित

काठमाडौं । आईपीएलको १३ औँ सीजनका २७ औँ म्याचमा हिजो मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।

मुम्बईले यो सीजनमा लगातार चौथो जित निकालेको छ ।

मुम्बईका क्विन्टज डिककले आईपीएलमा १२ औँ र सूर्यकुमार यादवले ९ औँ अर्धशतक पूरा गरेका छन् ।

खेलको म्यान अफ दि म्याच किक भएका थिए । टस जितेर पहिला ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा १६३ रन बनाएको थियो ।

जवाफमा मुम्बईले १९.४ ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?