काठमाडौं । आईपीएलको १३ औँ सीजनको २६ औँ म्याचमा अहिले सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिडिरहेका छन् ।
दुबईमा भईरहेको खेलमा टस जितेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५९ रनको टार्गेट दिएको छ । राजस्थानले अबको केहि समयपछि ब्याटिङ गर्नेछ ।
डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद अंकतालिकाको ५ औँ स्थानमा रहेको छ । हैदराबादले यो सीजनमा ६ म्याच खेलेको छ । जसमा ३ मा जीत र तीनमा हार व्यहोरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया