काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्व सत्ता पक्षाकै सांसदहरूले अविश्वासको प्रस्ताव पेस गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १८ जना सासंदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनहरुले सरकारको कामकारबाही फितलो भएको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरिएको जनाएका छन् ।
सांसदहरुले हस्ताक्षर गरेको पत्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएका छन् । पत्रमा नेकपा संसदीइ दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीविरूद्व अविश्वासको प्रस्ताव गरिएको हो ।
सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया