काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको राँचीस्थित फार्म हाउसमा सुरक्षा बढाइएको छ ।
धोनीको छोरी जीवाई सोसल मिडियामा आएको धम्कीका कारण पुलिसले उनको फार्म हाउसको सुरक्षा बढाएको हो ।

इण्डियन प्रिमियर लीग (आईपीएल)मा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीको खराब प्रदर्शन भएको भन्दै उनकी ५ वर्षीया छोरीलाई एक सोसल मिडिया प्रयोग कर्ताले बलात्कार गर्ने धम्की दिएका थिए ।
धानीको टीम चेन्नई सुपरकिंग्सले यो सीजनको आर्यपीएलका ७ खेलमा २ मा मात्र जित निकाल्न सकेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया