काठमाडौं । आइतवार बिहान अनसन तोडेका डा. गोविन्द केसीलाई आईसियूमा राखिएको छ ।
२८ दिनसम्म अनसन बसेका डा केसीको शरिर गलेकाले त्रिवि शिक्षण अस्पतालको आइसियूमा राखिएको उनी निकट स्रोतले जनाएको छ ।
डा केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि शनिवार राती अबेर सरकारी वार्ता टोलीले माग सम्बोधन गर्ने गरी ८ बुँदे सहमती गर्दै आइतवार बिहान डा केसीले अनसन तोडेका हुन् ।
अनसनपश्चात उपचार गराइरहेका डा केसीले ‘अब त म तन्दरुस्त भईहाल्छु नि‘ उनको भनाइलाई उद्धत गर्दै उनी निकट स्रोतले भन्यो ।
विभिन्न ६ बुँदे मागसहित डा केसी गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो । अनसन बसेको २४ औँ दिन गत बुधवार डा केसी र सरकारले वार्ता टोली गठन गरी सहमतीको प्रयास गरेको थियो ।
बिहीवार २ पटक र शुक्रवार १ पटक वार्ता गरिएपनि कुनै निष्कर्ष निस्किएको थिएन् । भने शनिवार शिक्षामन्त्री गिरिराजमणी पोखरेलसहित सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी डा केसीलाई अनसन तोड्नको लागि आग्रह गरेको थियो । तर डा केसीपक्ष भने माग सम्बोधन नभएसम्म अनसन नतोड्ने र आन्दोलनमा जाने घोषणा गरेको थियो ।
शनिवार राती एकाएक सहमती गरी सरकारी वार्ता टोली र डा केसीबीच वार्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया