ब्यांग्लोरसँग चेन्नईको सबैभन्दा ठूलो हार, कोहलीको आईपीएलमा ३८ औँ अर्धशतक

काठमाडौं । आईपीएलको १३ औँ सीजनको २५ औँ म्याचमा रोयल च्यालेन्जर्स ब्यांग्लोरले चेन्नई सुपरकिंग्सलाई ३७ रनले पराजित गरेको छ ।

दुबईमा टस जितेर ब्याटिङ गरेको ब्यांग्लोरले निर्धारित २० ओभरमा १७० रनको टार्गेट दिएको थियो ।

जवाफमा चेन्नईले ८ विकेट गुमाएर मात्र १३२ रन मात्रै बनाउन सक्यो । यो ब्यांग्लोरसँग दिल्लीको अहिलेसम्मकै सबैभन्दा ठूलो हार हो ।

यसभन्दा अगाडि चेन्नई ब्यांग्लोरसँग ३६ रनले सन् २०१० मा हारेका थियो । ब्यांग्लोरका कप्तान विराटले ९० रनको नट आउट पारी खेलेका थिए ।

उनले आईपीएलमा ३८ औँ अर्धशतक प्रहार गरेका छन् । यस जीतसँगै ब्यांग्लोर अंकतालिकाको टप ४ मा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?