बेलझुण्डी अस्पतालमा एक संक्रमितको मृत्यु

दाङ । दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीका अनुसार रुपन्देहीको तिलोतमा नगरपालिका वडा नं ३ निवासी ६६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा असोज २२ गते कोरोना पोजेटिभ देखिएकी उनीलाई बुटवलमा आइसीयू खाली नभएपछि उपचारका लागि शुक्रवार दाङ ल्याइएको थियो । मृतक महिलालाई लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको थियो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?