काठमाडौं । ललितपुर जिल्लामा पछिल्लो २४ घण्टामा एकैपटक थप ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा थपिएका २ हजार ६७२ जना कोरोना संक्रमित मध्ये ३६९ जना कोरोना संक्रमित ललितपुर जिल्लाका रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ललितपुरमा थप २ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १९ हजार ३२० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार २२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७४ हजार २५२ पुगेको छ । यो कुल संक्रमितको ७०.२ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३० हजार ८१८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १७ हजार १६४ जना र संस्थागत आईसोलेसनमा १३ हजार ६५४ जना छन् । तिमध्ये ३२१ जना संक्रमितको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ६८६ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत र बाँके गरि ९ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको हो ।
हिजो (शुक्रवार) नेपालमा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ६८० जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया