काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीचको बैठक सकिएको छ ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । आजको बैठकमा पार्टीका महासचिव बिष्णु पौडेल पनि सहभागी रहेका थिए ।
शनिवार दिउँसो करिब साढे २ घन्टा अध्यक्षद्वयबीच पार्टी एकिकरणको बाँकी काम टुंगाउने विषयमा छलफल गरेपनि निष्कर्षमा भने पुग्न नसकेको बालुवाटार स्रोतले जनाएको छ ।
गत ६ असोजमा बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउनको लागि अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिइएको थियो । तर प्रस्ताव भने तयार नभइसकेको स्रोतले जनाएको छ ।
पछिल्लो समय पार्टीको आन्तरिक विवाद समाधान र मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भइरहे पनि निष्कर्षमा निस्किन सकेको छैन् । अध्यक्षद्वयको बिहीवार बसेको बैठकले मन्त्रिमण्डल पुनर्गठनको काम दशैँ अघि सक्ने गरी निर्णय गर्ने भनिएपनि निरन्तरको बैठकमा उक्त कुराले प्रवेश पाएको छैन् । यसअघि ओली प्रचण्डबीच शुक्रवार पनि बैठक बसेको थियो ।
स्रोतका अुनसार छलफललाई निरन्तरता दिने भन्दै आजको भेटवार्ता सकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया