डा केसीका मागबारे छलफल गर्न सरकारी वार्ता टोलीसहित शिक्षामन्त्री पोखरेल बालुवाटारमा

काठमाडौं । अनसनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न गठित सरकारी वार्ता टोलीसहित शिक्षामन्त्री गिरिराजमणी पोखरेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

सरकारी पक्ष र डा केसी पक्षबीच ३ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको छैन् ।

शुक्रवार अबेर बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि शनिवार मन्त्री पोखरेल सरकारी वार्तासहित प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि पुगेको स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अुनसार डा केसीसँग सहमतिको खाका तयार गर्न मन्त्री पोखरेल बालुवाटार पुगेका हुन् ।

बिगत २७ दिनदेखि विभिन्न ६ बुँदे मागसहित डा केसी अनसन बसिरहेका छन् । उनको स्वास्थ्यमा जटिलता आएको चिकित्सकहरुले बताएका छन् ।

यसअघि शुक्रवार पनि मन्त्री पोखरेल प्रम ओलीसँग छलफलका लागि बालुवार पुगेको स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?