काठमाडौं । हुम्लास्थित नेपाल चीनको सीमावर्ती क्षेत्रमा स्थलगत अवलोकनका लागि गएका नेपाली टोलीमाथि अश्रुग्यास प्रहार भएको छ ।
कर्णाली प्रदेशका प्रतिपक्षी नेता जीवनबहादुर शाहीको नेतृत्वमा सीमाको निरीक्षण गर्न गएको टोलीमाथि अश्रुग्यास प्रहार भएको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ । अश्रुग्या चिनियाँ प्रहरीले हानेको हुनसक्ने दाबी गरिएको छ ।
नेता शाहीसहितको टोली केही दिनअघि निरीक्षणका लागि सीमा क्षेत्रमा पुगेको थियो ।
सीमाको निरीक्षण गरेर फर्किँदै गर्दा हिल्सा नजिकै बिहीवार साँझ ५ बजेतिर आफ्नो टोलीमाथि चिनियाँ पक्षले आश्रु ग्यास फालेको त्यहाँको स्थानीय तहका जनप्रतिनिधीले बताएका छन् ।
त्यहाँ पुगेको टोलीले ५र६र७ र ८ नम्बर पिल्लरको निरीक्षण गरेका थिए । त्यहाबाट फर्किएर जुम्लाको हिल्सा पुग्ने बेला खोला पारी एउटा भवनबाट हामीलाई लक्षित गरी टियर ग्यास फालिएको निरीक्षण टोलीको दाबी छ ।
मानिसहरु कोही पनि नदेखिएपनि चिनियाँ प्रहरी हुनसक्ने उनीहरुले बताएका छन् ।
तर कसैलाई पनि कुनै क्षती नभएको जनाएइको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया