हैदराबादले जित्यो टस, पञ्जावलाई बलिङको निम्तो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको २२ औँ म्याचमा अहिले सनराइजर्स हैदराबाद र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्द्धा हुँदैछ ।

हैदराबादले टस जितेर ब्याटिङ रोजेपछि पञ्जावले बलिङ गर्नेछ ।

भुवनेश्वर कुमार र मिशेल मार्श चोटका कारण टुर्नामेन्टबाट बाहिरिएपछि हैदराबादलाई चुनाति थपिएको छ ।

हैदराबादले सीजनमा मात्र २ म्याच जितेको छ । पञ्जाव पनि ५ म्याचमा ४ म्याच हार्दै अंक तालिकाको सबैभन्दा अन्तिममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?