काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको फेला परेका कारण पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुरुधुरु रोएर बसेको र बर्बाद भयो कमरेड ! भनेर आफूसँग बिलौना गरिरहेको बताएका छन् ।
गोरखाको पालुङ्टार नगरपालिका- ६ पौवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले तीन प्रधानमन्त्रीहरु बहालवाला प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको समेत बताएका छन् ।
तीनजना प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको उनको भनाई छ ।
आफू प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट तीन प्रधानमन्त्री ओली, देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेको दाबी गर्दै उनले आफूलाई राम्रोसँग यो कुरा थाहा भएको र प्रमाणित गर भनेको खण्डमा तुरुन्त गर्नसक्ने बताए ।
उनले थपे, ” यो मात्र होइन, अरु दश, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिसन खाएर मुखमा बुझो लाएर बसेका छन्।”
अर्को एक प्रसंगमा डाक्टर भट्टराईले बाहिरबाट देख्नेले बाबुराम पनि नेकपामा जाँदै छ है भनेर टिप्पणी गरेको भन्दै यो झुटो र पूर्णत: गलत भएको बताए । (फाईल फोटो)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया