काठमाडौं । आईपीएलको १३ औँ सीजनको २१ औँ म्याचमा कोलकता नाइट राइडर्सले चेन्नई सुपरकिंग्सलाई १० रनले हराएको छ ।
आबुधाबीमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा १६८ रनको टार्गेट दिएको थियो ।
जवाफी ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा मात्र १५७ रन नै बनाउन सक्यो ।
कोलकताका ओपनर राहुल त्रिपाठीले ८१ रन बनाएका थिए । उनले नै खेलको म्यान अफ दि म्याच पाएका थिए ।
१३ औँ ओभरमा चेन्नईको जित नजिक पुगेको थियो ।
त्यसबेला वाट्सन आउट हुन पुगे । त्यो नै मयाचको टर्निङ प्वाइन्ट बन्यो । योसँगै चेन्नईले यो सीजनमा ४ वटामा हार व्यहोरेको छ ।चेन्नई ४ प्वाइन्टका साथ पाँचौँ नम्बरमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया