सप्तरी । खडक नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कामकाज आजदेखि बन्द गरिएको छ ।
नगर प्रमुख हेमायु हकले आज विज्ञप्ति जारी गरी कार्यालय तथा मातहत शाखा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कार्य एक सप्ताहका लागि पूर्ण रुपमा बन्द गरिएको जानकारी दिएका छन् ।
यसअघि आइतबार राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजकमा कोराना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सूचना जारी गरी कार्यालयका कामकाज बन्द गरेको थियो । रास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया