काठमाडौं । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।
एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार सहयोग गरेका हुन् । केन्द्रीय सदस्य श्रेष्ठले आज शर्माको मरु गणेशस्थित निवासमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा पछिल्लो समय प्यारालाइसिसबाट पीडित छन्। विसं २०३३ देखि बक्सिङ खेल्न थाल्नुभएका शर्मा पाँच पटक राष्ट्रिय च्याम्पियन भएका थिए। शर्माले भारतको मुम्बईमा सम्पन्न एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए ।
केन्द्रीय सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन गरिने बताए । विदेशमा रहेका नेपालीहरुबाट समेत सहयोग रकम सङ्कलन भइरहेको उनले बताए । श्रेष्ठले केही समय अघि निजी खर्चमा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी बक्सिङ खेलाडी, प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा समेत गरेका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया