धार्मिक क्षेत्रमा युवाको आकर्षण बढ्दो, विश्व हिन्दु युवा संघले पायो पूर्णता

काठमाडौं । पछिल्लो समय धार्मीक क्षेत्रमा युवाहरुको आकर्षण बढ्दो रहेको छ । हालसालै विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले विश्व हिन्दु युवा संघको केन्द्रीय समितिलाई पूर्णता दिएका छन् ।

अध्यक्ष शाहले १०६ सदस्यीय केन्द्रीय समितिलाई मंगलबार पूर्णता दिएका हुन् । संघको प्रवक्ता अनुराग शाह तोकिएका छन् । यस्तै लमजुङका राजनिति देखि समाजसेवासम्ममा प्रभावशिल रहेका युवा रविन्द्र कट्टेल पनि विश्व हिन्दु युवा संघका कार्यकारी सदस्यका रुपमा नियुक्क्त भएका छन् ।

युवाहरुको संगठन विश्व हिन्दु युवा संघलाई केन्द्रिय समितिले एक वर्षमा देशको सबैभन्दा ठूलो संगठनको रुपमा बिस्तार गर्ने पनि दाबी गरेका छन् ।

विश्व हिन्दु महासंघ नेपालले गत जेठ महिनामा नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहलाई केन्द्रीय सदस्य तथा युवा विभाग प्रमुखमा मनोनित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?