खेल हारे पनि विराट कोहोलीले बनाए नयाँ रेकर्ड !

काठमाडौं । रोयल च्यालेन्जर्स ब्यांग्लोरले सोमवार दिल्ली क्यापिटल्ससँग भएको खेलमा हारे पनि कप्तान विराट कोहोलीले भने नयाँ  किर्तीमानी बनाएका छन् ।

ब्यांग्लोर दिल्लीसँग ५९ रनको फराकिलो अन्तरले पराजित भए पनि कोहोलीले ९ टी २० मा ९ हजार रन पूरा गरेर किर्तीमानी बनाएका हुन् ।

उनी ९ हजार रन बनाउने पहिलो भारतीय क्रिकेटर हुन् ।

उनले भारतबाट ८२ टी २० मा ५०.८० को औसतमा २ हजार ७९४ रन बनाएका छन् ।

टी २० मा सबैभन्दा धेरै रन बनाउनेमा वेस्टइण्डिजका स्टार क्रिस गेलको नाममा रहेको छ ।उनले १३ हजार २९६ रन बनाएका छन् । ब्रेण्डम म्याकुलम ९ हजार ९२२, डेभिड वार्नर, ९ हजार ४५१, ऐरोन फिञ्चको ९ हजार १४८ रन छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?